सेराबगरमा माघ एक गते गोरु जुधाइने


टुरिजम पाना संवाददाता नुवाकोट । १८ पुष २०८०

शेराबगर बिकास समाजको आयोजनामा आगामी माघ १ गते गोरु जुधाई कार्यक्रम हुने भएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा गोरु जुधाउने कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष अभियान आचार्यले बताए । शेराबगर बिकास समाजको आयोजनामा प्रत्येक वर्ष गोरु जुधाउने कार्यक्रम आयोजना हुने गरेको थियो । तर विगत दुई वर्ष भने यो कार्यक्रम हुन सकेन ।

सांस्कृतिक पर्वको जगेर्नाका लागि पनि कार्यक्रम आयोजना गर्न लागिएकाले गोरु दर्ता गर्न सुरु गरिएको आचार्यले जानकारी दिए । गोरु जुधाउने प्रतियोगितामा भाग लिन किसानले यहि पुस २५ गतेसम्म गोरु दर्ता गर्नुपर्नेछ । प्रथम, द्धितिय र तृतिय हुने गोरुधनीलाई पुरस्कृत गरिने उनले बताए ।

नुवाकोटको गोरु जुधाई जिल्लाकै पहिचान भएकोले यसले पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई छ ।

१८ पुष २०८०