बाराही हस्पिटालिटीका होटल तथा रेष्टुरेन्टहरूमा ‘भ्यालेन्टाइन डे’को अवसरमा विशेष अफर


टुरिजम पाना संवाददाता काठमाडौं । २९ माघ २०८०

बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा भ्यालेनटाइन डे( प्रणय दिवस) को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ ।

काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ ।

बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।

हस्पिटालिटी अन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।

यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् ।

प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।

२९ माघ २०८०