सगरमाथा आरोहणमा मृत्यु भएका पर्यटकको शरीर व्यवस्थापन एजेन्सीले गर्नुपर्ने


sagarmatha pp
फाइल तस्वीर

सर्वोच्च शिखर सगरमाथा र आसपास हिमाल आरोहणमा जाने आरोहीले त्यस क्रममा गरेको दिशापिसाब फिर्ता ल्याउनुपर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापन गर्ने स्थानीय तहको अधिकार क्षेत्र प्रयोग गर्दै सगरमाथा रहेको स्थानीय तह सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘आधार शिविर व्यवस्थापन कार्यविधि २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

२३ माघमा कार्यपालिकाबाट स्वीकृत उक्त कार्यविधि २४ माघमा प्रमाणीकरण भएको छ । यो कार्यविधिअनुसार अब आरोहीले सगरमाथाको आधार शिविर तथा आरोहणका क्रममा खुला टाउँमा दिशापिसाब गर्न पाउने छैनन् ।

आरोहीले ‘पुप ब्याग’ वा ‘बायोडिग्रेडेबल ब्याग’ प्रयोग गर्नुपर्ने छ । यसलाई कार्यविधिले अनिवार्य गरेको छ । अन्य के के कुरा गर्न पाइनेछैन :-

• अनुमति प्राप्त आरोही र सहयोगीबाहेक अन्यले आधार शिविरमा बास बस्न नपाउने

• सुत्ने टेन्टमा अठ्याच ट्वाइलेट राख्न नपाइने

• व्यावसायिक गतिविधि गर्न टेन्ट वा संरचना बनाउन नपाइने

• पर्वतारोहीले ८ किलो फोहोर अनिवार्य आधार शिविर ल्याउनुपर्ने

• आधार शिविरभन्दा माथि बक्स टेन्ट प्रयोग गर्न नपाइने

• आधार शिविरभन्दा माथि खुला शौच गर्न निषेध, पुप ब्याग/ “बायोडिग्रेडेबल ब्याग” प्रयोग गर्नुपर्ने

• मृत शरीर व्यवस्थापन एजेन्सीले गर्नुपर्ने

• व्यावसायिक बार, बेकरी क्याफे, स्पा सञ्चालनमा निषेध

• चम्किलो र झिलिमिली बत्ती बाल्न नपाइने

• स्याङ्बोचे भन्दा माथि हेलिकप्टरबाट सामान ओसार्न रोक

• उद्धार प्रयोजनबोहक हेलिकप्टर उडान र अवतरण रोक

२९ माघ २०८०