जर्मन प्रविधिबाट निर्मित ‘ल्याण्डमार्क भैरहवा’सञ्चालनमा


टुरिजम पाना संवाददाता भैरहवा । २८ माघ २०८०

भैरहवामा चारतारे होटल ‘ल्याण्डमार्क भैरहवा’सञ्चालनमा आएको छ । रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा चारतारे होटल ल्याण्डमार्क भैरहवा सुरू गरिएको हो।

ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेका अनुसार होटलले आजबाट ५० कोठासहित सेवा बिक्री सुरू गरेको र पहिलो दिननै होटल फुल अकुपेन्सी भएको छ। पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए ।

उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए ।

के के छन् बिशेषता ?

होटलका कतिपय कोठाबाट रिभरभ्यू देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोरोना बार र कोटियार्ड लाउन्न समेत रहेको छ । जर्मन प्रविधिबाट होटलको निर्माण भएको र यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको छ। होटलमा स्वीमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन ।

चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सम्राट ग्रुपको यो नयाँ प्रोजेक्ट हो ।

२८ माघ २०८०