धादिङ गणेश खोलाको पुलको मुखैमा भासियो, यातायात पुर्णरुपमा ठप्प


टुरिजम पाना संवाददाता काठमाडौं । १८ बैशाख २०८०
तस्वीर: सामाजिक सञ्जाल

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेवल पुलको मुखैमा भासिएको छ । सडक भासिँदा यातायात पुर्णरुपमा ठप्प भएको छ ।

दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको थोरे भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएको थियो ।

तर दिउँसो ४ बजेदेखि पुलमा धेरै नै क्षति हुँदा दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको हो ।

१८ बैशाख २०८०