हिमालयन ह्वाइट वाटर च्यालेन्ज; र्याफ्टिङमा प्याडल नेपाल, कायकमा डम्बर विजयी


टुरिजम पाना धादिङ । १४ मंसिर २०७९
himalayan white water challange

आइतबारदेखि त्रिशुली नदीमा सुरु भएको २० औं हिमालयन ह्रवाइट वाटर च्यालेन्ज २०२२ प्रतियोगितामा मंगलबार सकिएकाे छ । प्रतियाेगितामा र्याफ्टिङ र कायकमा ४ खेल भएका थिए । जसमा र्याफ्टिङतर्फ प्याडल नेपाल पहिलो भएको छ ।

त्यस्तै, नेपाल र्याफ्ट एन्ड कायक क्लब बि दोस्रो, नेपाल र्याफ्ट एन्ड कायक क्लब ए तेस्रो र शसस्त्र प्रहरी बलको समूह चौथो र जापानी टिम पाँचौं स्थानमा आउन सफल भएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

नेपाल एसोसिएशन् अफ राफ्टिङ एजेन्सीज् (नारा) को आयोजनामा तीन दिनसम्म भएको प्रतियोगितामा कायकतर्फ डम्बरबहादुर पूर्वाछाने पहिलाे, सुरज गुरूङ दाेस्राे र मनाेज सुनार तेस्राे भएकाे प्रतियाेगिताका निर्णायक सुदिप गाैतमले जानकारी दिए  ।

कायकतर्फका विजेताहरूले क्रमश : ३० हजार, २० हजार र १० हजार र र्याफ्टिङका विजेताले २५ हजार नगद र अवार्ड प्राप्त गरेका छन् ।

गाैतमले दिएकाे जानकारी अनुसार महिलाकाे कायकतर्फ सुधा राई पहिलाे र सुस्मा कठायत दाेस्राे भएका छन् । उनीहरुलाई ६ हजार र ३ हजार गरी नगद पुरस्कार प्रदान गरिएकाे छ ।

प्रतियोगितामा कायक स्प्रिन्ट, कायक बोटर क्रसेस र अन्तिम दिन मंगलबार कायक डाउन रिभर रेस र र्याफ्टिङ डाउन रिभर रेस गरी ४ खेलमा प्रतिस्पर्धा गरिएको थियो । प्रतियाेगितामा १०० जना खेलाडी सहभागी थिए ।

नेपालमा यो प्रतियोगिता सन् २००२ देखि हुँदै आएको छ । यसले नेपालको साहसिक खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउने र र्याफ्टिङ गाइड तथा जल खेलाडीहरुलाई थप दक्ष बनाउन सहयोग पुग्ने विश्वास नाराको छ ।

१४ मंसिर २०७९