मनसुनमा रोकिएको हट एअर बेलुनको उडान सुरु, कति लाग्छ शुल्क ?


टुरिजम पाना पोखरा । २९ भाद्र २०८०

कारण सेवा बन्द रहेको हट एयर बेलुन तीन महिनापछि पुनः सञ्चालनमा आएको छ।

हट एअर बेलुन बिहीबार (भदौ २८)बाट पुन: सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए।

यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेबरबाट उडानमा दुईवटा बेलुन प्रयोग गर्नेछ ।

साहसिक खेल रूचाउने पर्यटकको मागअनुसार थप एक वटासहित दुई वटा बेलुन उडान सुरू गरिएको अध्यक्ष बादेले बताए ।

हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन्। पोखराको पामेमा सञ्चालित यसमा एकपटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९,५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क लिने गरिएको जानकारी उनले दिए।

करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए। कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी दुई पाइलट राखेको उन बताए।

बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ।

प्याकेजमार्फत पर्यटकले ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसअन्तर्गत बेलुन रिजर्भ गर्ने इच्छुकका लागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ शुल्क छ।

२९ भाद्र २०८०