आइपीओ निष्काशन गर्दै प्रभु हेलिकप्टर


टुरिजम पाना संवाददाता काठमाडौँ । ५ पुष २०८०

 प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आइपीओ) जारी गर्ने निर्णय गरेको छ । आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।पौष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले रु ६ करोड ६० लाख शेयर पूँजी बराबरको १ सय रुपैयाँ अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।

हाल यस कम्पनीले विश्वको प्रख्यात एयरबस कम्पनीद्वारा निर्मित एयरबस एच १२५ र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी रोबिनसन हेलिकप्टर कम्पनीद्वारा निर्मित रोबिनसन आर ६६ जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरु द्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको छ ।

५ पुष २०८०