सीता एयरले माघ ४ देखि काठमाडौं–ताप्लेजुङ उडान भर्ने


टुरिजम पाना काठमाडौं । २ माघ २०७९
फाइल तस्वीर

सीता एयरले सातामा तीनदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने भएको छ ।

आगामी बुधवार माघ ४ गतेदेखि काठमाडौंदेखि ताप्लेजुङको सुकेटार बिमानस्थलमा हप्तामा ३ उडान गर्ने सीता एयरले जनाएको हो । अहिले सुकेटारमा नेपाल एयरलाईन्सले हप्तामा ४ उडान गर्दै आएको छ ।

यसबाट ताप्लेजुङवसीहरुलाई हवाई यात्रामा सहजता हुने अपेक्षा गरिएको छ । यसका साथै पाथिभरा जाने तिर्थयात्री र वाह्य तथा आन्तरिक पर्यटकका लागि पनि सहज हुने छ ।

यस्तै नेपाल एयरलाइन्सले पनि काठमाडौं–ताप्लेजुङ बाहेक ताप्लेजुङ–विराटनगरको उडान गर्ने तयारी गरेको छ।

२ माघ २०७९