पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध टुरिजम पाना संवाददाता सोलु । ८ फाल्गुन २०८० हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-५ स्थित नाम्चे बजार । सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजार चिनिने गर्छ । तस्बिर ः सुवास दर्नाल÷रासस पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो । अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् । नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताउनुभयो । विद्युत्को भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । “जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ”, हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ, विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत् नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौँ निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला ? कल्पनाभन्दा बाहिरको कुरा छ ।” विद्युतको जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले रासससँग बताउनुभयो । चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी प्रयासरत छौँ, हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो । जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ ।” जमिनमुनिको करिब सात सय ५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ । काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताउनुभयो । विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौँ सम्पर्कमा समस्या भएको उहाँले बताउनुभयो । सन् १९९३ मा निर्माण गरिएको नौ सय ३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता रहेका छन् । ८ फाल्गुन २०८० You may also like Hospitality • Headlines जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने 18 Views1 Min Read Headlines • News मनै लोभ्याउने ‘माइपोखरी’ 8 Views3 Min Read Corporate • Headlines • News यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने 5 Views2 Min Read चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु Share This! FacebookXPinterestLinkedInWhatsApp Topics Adventure261 Auto16 Aviation294 Blog15 Corporate172 Culture226 Destination322 Headlines2,581 Hospitality173 Interview10 News1,298 Others30 Photo154 Profile43 Uncategorized425 Featured Hospitality • Headlines जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने Headlines • News मनै लोभ्याउने ‘माइपोखरी’ Corporate • Headlines • News यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने Headlines • Hospitality • News फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह Headlines • News पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
Hospitality • Headlines जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने 18 Views1 Min Read
Corporate • Headlines • News यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने 5 Views2 Min Read
Hospitality • Headlines जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने
Headlines • Hospitality • News फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह
Headlines • News पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन