खस्कँदो हस्तकला व्यवशायलाई माथि उठाउन र पर्यटन प्रवर्धन गर्न मेरो उम्मेद्बारी- महर्जन


टुरिजम पाना ललितपुर । २७ भाद्र २०८०

उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । खस्कँदो हस्तकला व्यवशायलाई माथि उठाउने तथा पर्यटन प्रवर्द्धन गर्ने मुद्दा लिएर रुपकमान महर्जन अध्यक्ष पदमा प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

देशकै पुरानो वाणिज्य संघको आसन्न ४४औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

‘ललितपुर जिल्लालाई सधैभरी काठमाडौंको छायाँमा परेको अवस्थालाई परिवर्तन गराएर हामी यसलाई निर्णायक रुपमानै हस्ताकलाको केन्द्र बनाउन पहल गर्नेछौं । व्यवशायीहरुहरुले व्यवशाय शुरु गर्दा र संचालन गर्दा भोग्नुपरेको कानुनी जटिलताहरुको सहजीकरण गरेर व्यवसाय मैत्री नीति निर्माणको लागि लबिंग गर्ने कार्यलाइ अगाडी बढाइने छ,’ अध्यक्षका प्रत्यासी महर्जनले भने ।

महर्जनले खस्कँदो हस्तकला व्यवशायलाइ माथि उठाउन, पर्यटन प्रवर्द्धन गर्न र २९ वटै वस्तुगत संघका सरोकारका बिषयहरु उठाउन पहल गर्ने बताए । उनले यस क्षेत्रमा रहेका २०० भन्दा बढी टेक्सटाइल उद्योगको व्यापार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी ललितपुरको दक्षिणी भागमा कृषी उद्दमको प्रचुर सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रका बासिन्दाले लाभ लिन नसकेको कटु यथार्थबारे आफु चिन्तित रहेको बताउँदै कृषिको विविधिकरण र व्यवाशायीकरणद्वारा यो क्षेत्रको आर्थिक सबलीकरणमा आफु पूर्ण रुपमा लागिपर्ने बताए ।

त्यस्तै यस क्षेत्रको पर्यटन प्रबर्द्धन, हस्तकला र पुरातन ज्ञानको पुस्तान्तरण जस्ताकुराहरुमा आफुले युगान्तकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२७ भाद्र २०८०