एमच्याम अध्यक्ष शाह सहितको टोली र पर्यटनमन्त्री किराँतीबीच भेटवार्ता


टुरिजम पाना संवाददाता काठमाडौं । ६ भाद्र २०८०

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको एसोसियसन ‘अमेरिकन च्येम्बर्स अफ कमर्स नेपाल’ (एमच्याम)का अध्यक्ष अजित शाह सहितको समुहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग भेटवार्ता गरेको छ ।

मंगलबार मन्त्रालयमा एमच्यामका पदाधिकारी र मन्त्री किराँतीबीच भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष शाहले नेपालको पर्यटकीय क्षेत्रमा लगानी र अमेरिकी पर्यटक  भित्र्याउन  अमेरिकन च्याम्वर अफ कमर्श नेपालले खेलेको भूमिकाबारे मन्त्री किराँतीलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा मन्त्री किराँतीले एमच्यामलाई अमेरिकी पर्यटकलाई नेपाल भित्र्याउनका लागि पूर्ण साथ र सहयोग एवम् सहकार्य गरि अगाडि बढ्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

६ भाद्र २०८०