हवाई क्षेत्रका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग


टुरिजम पाना काठमाडौं । १९ चैत्र २०७९

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकमा हवाई क्षेत्रमा देखिएका समस्याहरु तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा युवा नेता पौडेलले देशमा हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्याहरु देखा परेको भन्दै त्यसको दिगो समाधान खोज्नुपर्ने उनको भनाई थियो ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको भन्दै सांसद पौडेलले यस्ता समस्यालाई गम्भिरतापूर्वक लिनका लागि सरकारलाई सचेत समेत गराए ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति बनेको भन्दै उनले ध्यानाकर्षण गराए ।

यस्तै उनले हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवई बाट काठमाडौं उडनै लाग्दा पाईलटलाई पखाला चलेपछि यात्रु अलपत्र परेको बिषयप्रति संकेत गर्दै यस्ता बिषयमा समस्याहरु तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

१९ चैत्र २०७९