नेचर गाइड एसोसिएसन चितवनमा अनिलकुमार गुरूङको नेतृत्व


टुरिजम पाना संवाददाता काठमाडौं । २ भाद्र २०८०

नेचर गाइड एसोसिएसन चितवनको अध्यक्षमा अनिलकुमार गुरूङ निर्वाचित भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडहरूको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो। गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरूङ निर्वाचित भएका हुन्।

समितिको उपाध्यक्षमा रामगिरप्रसाद चौधरी निर्वाचित भए। उनले अनिल शिवाकोटीलाई पराजित गरेका थिए।

समितिको सचिवमा ओमप्रकाश थापा, कोषाध्यक्षमा पुष्पराज पाठक, सदस्यहरूमा दिलिप सुवेदी, जितेन्द्रकुमार सिंह, सम्झना आचार्य तिवारी, सुस्मिता न्यौपाने, सन्तोष क्षेत्री भट्ट, सन्जय ढकाल र बद्रिप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएको पूर्वअध्यक्ष जितबहादुर तामाङले जानकारी दिए।

२ भाद्र २०८०