बन्दीपुरमा एक अर्ब लगानीमा सिसाको पुल बन्दै


टुरिजम पाना बन्दीपुर । ३ चैत्र २०७९

पहाडकी रानी नानले चिनिने बन्दीपुरमा सिसाको पुल (स्काइ वाक) निर्माण हुने भएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एन्ड बन्जिजम्पले सिसाको उक्त सिसाको पुलको निर्माण गर्न लागेको हो ।

सिसाको पुल बनाउन १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको कम्पनीले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटक लक्ष्य गरी सिसाको पुल पूर्वाधार तयार पारिएको हो। बन्दीपुर केबुलकार चढेर माथिल्लो भागमा पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ।

निर्माणाधीन बन्दीपुर कुेबलकारको माथिल्लो तहमा रहने १७ तले पाँचतारे होटलको सभाहल पछाडिको भागमा भीरमा सिसाको पुल बन्ने छ। पुलको लम्बाइ ६५ मिटर हुनेछ। सिसाको पुल जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ। पुलमुनि खोप्चा घना जंगल छ।

भीरबाट सिधै सिसाको पुलमा हिँड्न मिल्ने छ। पुलबाट पर्यटकले आनन्द लिन सकिनेछ । बन्दीपुरमा साढे २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटलसहित केबुलकार निर्माण पनि भइरहेको छ। केबुलकारको काम अन्तिम चरणमा पुगेको छ।

३ चैत्र २०७९