कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया सर्वसम्मत


टुरिजम पाना संवाददाता काठमाडौं । ३ जेष्ठ २०८०

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् ।

सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमबहादुर लामा, सचिवमा खडक रोकाया, सह-सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोरलामा रहेका छन् ।

यस्तै हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्य रहेका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष जगबहादुर बुढा पनि छन् ।

यस्तै, सल्लाहाकारमा जंगबहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री रहेका छन् ।

 

३ जेष्ठ २०८०