अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

आईएफआर प्रविधि जडानले भिजिविलिटीको समस्या नहुने


टुरिजम पाना कास्की । १३ पुष २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

अब काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको छ ।

१ जनवरी २०२३ देखि शुरु हुन लागेको नयाँ विमानस्थलमा अब रात्रिकालीन उडान समेत हुने भएको हो । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।

बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । रात्रिकालीन उडान भएसँगै उडान सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ । यस्तै विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन ।

१३ पुष २०७९