पर्यटकीय पोखराका मुख्य चोकमा पार्किङ निषेध


टुरिजम पाना पोखरा । १७ माघ २०७९
पोखरामा पार्किङमा राखिएका सवारी । तस्वीर : युवराज हमाल

पर्यटकी शहर पोखराका मुख्य बजार र चोकहरूका सडकमा मोटरसाइकल र गाडीहरू पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेधको निर्णय गरेको छ ।

महानगरपालिको उक्त निर्णयपछि अब मुख्य सहरी क्षेत्रको सडक पृथ्वीचोक–सभागृह चोक–न्युरोड–बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँ बजार–पृथ्वीचोक का सडक किनारमा पार्किङ गर्न पाइने छैन ।

महानगरपालिकाको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा पार्किङ निषेध गर्ने निर्णय महानगरपालिकाले गरेको हो । महानगरको यो निर्णय माघ २३ गते देखि लागु हुने भनिएको छ ।

काठमाडौं महानगरपालिकाले पनि दरबारमार्ग लगायत मुख्य चोक तथा बजारमा पार्किङ निषेध गरिसकेको छ । पोखराले भने सडकमा पार्किङ शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ ।

अन्डर ग्राउन्ड पार्किङ र मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गाहरूमा पार्किङ गर्न सकिने पोखरा महानगरले जनाएको छ ।

१७ माघ २०७९