स्याङ्जाको दरौं सिरुवारी होमस्टेलाई अध्ययन केन्द्र बनाउन सांसद थापाको माग


टुरिजम पाना संवाददाता काठमाडौं । २८ बैशाख २०८०

नेपाली कांग्रेसका सांसद राजु थापाले आफ्नो निर्वाचन क्षेत्रको दक्षिण एसियाकै पहिलो नमुना गाउँ दरौं सिरुवारीलाई होमस्टेलाई अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत बुधबारको बैठकको शून्य समयमा आफ्नो विचार राख्दै सांसद थापाले आधिखोला गाउँपालिका वडा नं १ मा रहेको दरौं सिरुवारीलाई होमस्टेलाई होमस्टे अध्ययन केन्द्र बनाउनुपर्ने माग गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका थापाले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न गाउँलाई आत्मनिर्भर बनाउने नारासहित आजभन्दा २६ बर्ष अगाडी स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं १ दरौं सिरुवारीमा दक्षिण एसियामै पहिलो होमस्टे सञ्चालनमा छ सोही होमस्टेलाई पछ्याउँदैं आज नेपालभरी दर्ता भएका करिब ६ हजार होमस्टे दर्ता भईसकेका छन् । अब सम्बन्धित निकायले यो होमस्टेलाई एउटा अध्ययन केन्द्रको रुपमा अगाडी बढाउन सभामुख मार्फत संसदको ध्यानाकर्षण गराउन चाहान्छु ।’

२८ बैशाख २०८०