‘रिभर फन’को चाडबाड अफर


टुरिजम पाना काठमाडाैं । ९ आश्विन २०७९
river fun beach resort
River Fun

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै ९९ किलोमिटर टाढा रहेको ‘रिभर फन बिच रिसोर्ट’ ले आफ्ना ग्राहकहरूका लागि चार्डबाड विशेष अफर ल्याएको छ ।

जसअन्तर्गत ग्राहकले सुलभ मुल्यमा जिपलाइन, रोपसाइकलिङ, राफ्टिङ, हाइकिङ, इन्डोर एण्ड आउटडोर गेम, बिबिक्यु, अन्लिमिटेड स्विमिङपुन एण्ड बिच पार्टी, बोन फायर, सांगितीक कार्यक्रम लगायतका सेवा प्रदान गर्ने भएको हो ।

रिफर फनले ‘फेस्टिभ प्याकेज’ अन्तर्गत एक रात र दुई दिनका लागि प्रति व्यक्ति एक हजार ६ सयदेखि ३ हजारसम्मको व्यवकेज उपलब्ध गराउने रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।

प्याकेजमा लाइभ बिबिक्यु सहित ७ प्रकारको मिक्स ननभेज स्न्याक्स, नेपाली थाली, ब्रेकफास्ट, त्रिशुली किनारमा विभिन्न खेल खेलाउने, सबै उमेर समुहका लागि अन्लिमिटेड स्विमिङपुल सेवा दिनेछ । साथै लाइभ म्युजिकमा प्रोफेसनल डिजे अनिल नापितले प्रस्तुती दिने अधिकारी बताउँछन् ।

‘हामीले नेपालीको महान चार्ड दशैँतिहारलाई लक्षित गर्दै विभिन्न प्याकेजहरू ल्याकेका हौँ,’ उनी भन्छन् ‘५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क, १० वर्षभन्दा मुनिका बालबालिकाहरूलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरेका छौँ ।’

९ आश्विन २०७९