नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुलाई २५ प्रतिशत छुट दिने भएको छ ।
मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुुसेवा कम्पनीहरूबीच यस्तो सहमति भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुलाई उक्त विमानस्थलबाट आन्तरिक यात्रा गर्ने यात्रुलाई अन्तर्राष्ट्रिय बोर्डिङ पास र टिकटको आधारमा सहुलियत पाउने उनले बताए।
भुलका अनुसार यसका लागि आन्तरिक उडान गरिरहेका बुद्ध, यति र श्री एयरलाइन्स तयार रहेका छन् । यस्तै यात्रुले स्वदेश आउँदा ल्याएको ब्यागेज एक एयरलाइन्सको एक फ्लाइटमा १० जना यात्रुले कुनै अतिरिक्त शुल्क तिर्न नपर्ने निर्णय समेत गरेको छ ।