उडान तालिका स्वीकृत नगरी यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पारेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सोधेको स्पष्टीकरणमा नेपाल एयरलाइन्सले गल्ती स्वीकार गरेको छ ।
अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा मागेको जवाफमा एयरलाइन्सले आफ्नो तर्फबाट गल्ती स्वीकार गर्दै आन्तरिक समन्वय नहुँदा यात्रुलाई दुख भएको भन्ने आशयको पत्र प्राप्त भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले टुरिजमपानालाई बताए ।
यसअघि नेपाल एयरलाइन्सले एक बिज्ञप्ति यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुखी रहेको भन्दै क्षमायाचना समेत मागेको थियो ।