गुल्मीको रेसुंगा विमानस्थलमा ‘परीक्षण उडान’ सफल, नियमित उडानको तयारी


टुरिजम पाना काठमाडौं । १५ बैशाख २०८०

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार सफल रुपमा ‘परीक्षण उडान’ भएको छ ।

नेपाल वायुसेवा निगम (एनएसी) को नाइन एन एबिटी (9N-ABT) नम्बरको जहाज क्याप्टेन मनेश बिष्ट नेतृत्वको पाइलट टोलीले रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गराएका हुन् ।

नियमित उडानको लागि सबै अवस्थाको जाँच गर्न एयरलाइन्सले वायुसेवा निगमको अनुमति लिएर परीक्षण गरेको हो ।

रेसुंगा नगरपालिकासंगको समन्वय र सहयोगमा नेपाल एयरलायन्सले नियमित उडानको तयारी गरेको जनाएको छ ।

क्याप्टेन बिष्टका अनुसार, काठमाडौंबाट करिव ५० मिनेटको उडानपछि रेसुंगा विमानस्थलमा अवतरण गरिएको हो ।

काठमाडौंबाट गुल्मीसम्म ६ हजार देखि ६ हजार ५ सयसम्म भाडा कायम हुने बताइएको छ ।

 

१५ बैशाख २०८०