बुध्दले थप्यो १५ औं एटीआर–७२ जहाज


बुध्द एयरले आज २८ अप्रिल, शुक्रबार साँझ १५ औं एटीआर–७२ जहाज भित्र्याएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई १ महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुध्द एयरले ७२ सिटे जहाज भित्र्याएको हो । यससँगै बुध्द एयरको जहाज संख्या १५ पुगेको छ । जसअनुसार १२ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ रहेको छ ।

यसअघि बुध्द एयरसँग रहेको २ वटा बिचएयरक्राफ्ट क्यानाडाका कम्पनीलाई बेचेको थियो ।

नेपाली यात्रुहरुका लागि पनि बुध्द एयरले हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप कार्य गर्दै आएको छ । सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्छन् । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले जुन १५ मा थप अर्को नयाँ जहाज आउने बताए ।

धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना रहेको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ । यसैगरि तुम्लिङटारमा एटीआर–७२ जहाजबाट उडान भर्ने पनि योजना रहेको छ ।

बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ । हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ ।

अबको केही समयपछि भद्रपुर र विराटनगरबाट ‘प्राईम टाइम’मा पोखराको उडान भर्ने योजना रहेको बुध्द एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

१६ बैशाख २०८०