June 14, 2026
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

मनै लोभ्याउने ‘माइपोखरी’

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

पञ्चकोट अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा


tourismpana logo png
टुरिजम पाना संवाददाता ढोरपाटन । ६ फाल्गुन २०८०

 सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान गरिएको छ ।

महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उहाँहरूका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् ।

कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उहाँको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरको नौवटा मौलो राखिने अध्यक्ष दाहालले बताउनुभयो । नौवटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने उहाँ बताउनुहुन्छ । जसका लागि सबैथरि अन्न व्यवस्थापनसमेत गरिसकेको दाहालको भनाइ छ ।

महायज्ञमा १० गते राष्ट्रपति रामचन्द्र पौडेल, ११ गते शिक्षामन्त्री अशोककुमार राई तथा संस्कृतिविद्हरू, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सातवटै प्रदेशका मुख्यमन्त्री, १४ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषिमन्त्री डा बेदुराम भुसाललगायतका अतिथि आउने हुँदा सोहीअनुसारको व्यवस्थापनलाई तीव्र पारिएको अध्यक्ष दाहाल बताउनुहुन्छ । महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्र्याइसकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई सबै धानले पुर्ने बताउनुभयो । त्यसका लागि २१ हजार क्विन्टल धानसमेत पञ्चकोटमा ल्याइसकेको उहाँले जानकारी दिनुभयो ।

महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुक्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगव्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको उहाँको भनाइ छ ।

 अध्यक्ष दाहालले भन्नुभयो, “हामीहरू ब्रह्माण्डीय महायज्ञको तयारीको अन्तिम चरणमा छौँ, आन्तरिक तथा बाह्य व्यवस्थापन पूरा भइसकेको छ, अब केही ठाउँमा स्वागत गेट, पञ्चकोट धाममा ध्वजापतकालगायतका काम बाँकी छ, मौलोका लागि धान र नरिवलको व्यवस्थापन भएको छ, एक सय आठ कन्या पनि सम्पर्कमा लिएका छौँ, यहायज्ञमा टाढा–टाढाबाट पाहुना आउने हुँदा आवास तथा भोजनालयदेखि अन्य व्यवस्थापन भने गरिसकेका छौँ ।” सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । यस अवधिमा हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिने छ । त्यसका लागि विषयविज्ञको सहभागिता हुने भएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा हुन लागेको महायज्ञलाई व्यवस्थित बनाउन स्थानीयसमेत परिचालित भएका छन् । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्त्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताउनुभयो ।

“यो महायज्ञ एउटा धर्मको मात्रा नभएर प्रकृति, पर्यावरण, जल सम्पदा, शिक्षा प्रणालीका सम्बन्धमा गरिन लागेको हो, यसले सबै नेपालीलाई जोड्ने छ, गण्डकी प्रदेशका सबै पालिकालाई पञ्चकोट आफ्नो भएको अपन्नत्व गराउने छ, हामीहरूले सबै दलका, सबै क्षेत्रका व्यक्तिलाई यो महायज्ञमा सहभागी गराउने छौँ”, स्वामी कमलनयनाचार्यले भन्नुभयो, “महायज्ञका लागि गण्डकी प्रदेशका सबै धार्मिकस्थललाई सहआयोजकका रूपमा राखेका छौँ, सरकारले जुन लक्ष्य राखेको छ, पर्यटनमार्फत समृद्धि गर्ने, त्यसलाई पूर्णता दिन पनि महायज्ञले टेवा पुग्छ भन्ने लागेको छ ।”

६ फाल्गुन २०८०

You may also like

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

18 Views
1 Min Read
Headlines • News

मनै लोभ्याउने ‘माइपोखरी’

8 Views
3 Min Read
Corporate • Headlines • News

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

5 Views
2 Min Read
बर्दिबासामा सडक खाना महोत्सव
मुक्तिनाथ केबलकार : पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure261
  • Auto16
  • Aviation294
  • Blog15
  • Corporate172
  • Culture226
  • Destination322
  • Headlines2,581
  • Hospitality173
  • Interview10
  • News1,298
  • Others30
  • Photo154
  • Profile43
  • Uncategorized425

Featured

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

Headlines • News

मनै लोभ्याउने ‘माइपोखरी’

Corporate • Headlines • News

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

Headlines • News

पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन

Hospitality

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

3:13 pm
Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

8:52 am
Headlines • Hospitality

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

11:10 am
Hospitality

नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने

8:02 am
Hospitality

सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

7:54 am

Aviation

पोखरा विमानस्थलबाट उडान भर्न फ्लाई दुबई इच्छुक, प्राविधिक निरीक्षण सम्पन्न

2:09 pm

अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी, अन्तर्राष्ट्रिय उडान प्रभावित

8:15 am

उड्न लागेको बुद्ध एयरको जहाजमा झ्यालको सिसा नै झर्यो

1:41 pm
pokhara paragliding

प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै

1:37 pm

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
chhatha parva
Culture

छठका लागि सजाइयो नारायणी किनार

4:29 pm
baitadi
Culture • Destination • Headlines

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

1:09 pm
Headlines • Culture

माघेसंक्रान्तिमा किन खाइन्छ ‘चाकु’ ?

7:16 am
lumbini nepal
Culture • Headlines

गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

12:32 pm

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2026. Developed by Madani Media Network Pvt. Ltd.