June 14, 2026
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

मनै लोभ्याउने ‘माइपोखरी’

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others
  • Blog
  • Destination
  • Adventure
  • Photo
  • Profile
  • Aviation
  • Culture
  • Hospitality
  • Interview
  • Auto
  • Others

बर्दिबासामा सडक खाना महोत्सव


tourismpana logo png
टुरिजम पाना संवाददाता महोत्तरी । ६ फाल्गुन २०८०

आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो ।

बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गर्नुभएको हो । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास–सिन्धुली–बनेपामार्ग)को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ । “मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्याउने हाम्रो विश्वास छ”,सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि बर्दिबास उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ट पूरा हुन्छ ।”

महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् । सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास–११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास–८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन् । महोत्सवमा ५० कक्ष छन् ।

प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन् । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनुभएको सङ्घका महासचिव नारायण घिमिरे बताउनुहुन्छ । केही दिन पहिलेदेखि नै बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीले बर्दिबासका पर्यटन गन्तव्य पहिल्याउन जनाउँदै पदयात्रा सुरु गरेका छन् ।

यो महोत्सवले पनि पदयात्राको उद्देश्यमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ । यस महोत्सवमा पाहुनाले २० देखि ४० प्रतिशत छुटमा परिकारको स्वाद लिनसँगै विशिष्ट सांस्कृतिक कार्यक्रमको पनि मज्जा लिँदैछन् ।

महोत्सवको आयोजनामा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब रु १५ लाखको लागतमा सुरु गरिएको महोत्सव ५० हजार मानिसले अवलोकन गर्ने आयोजक संस्थाको लक्ष्य छ । सङ्घले तीन दिन बर्दिबासमै बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल नै गरेको छ ।

६ फाल्गुन २०८०

You may also like

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

18 Views
1 Min Read
Headlines • News

मनै लोभ्याउने ‘माइपोखरी’

8 Views
3 Min Read
Corporate • Headlines • News

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

5 Views
2 Min Read
थाइल्याण्डमा ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा बेलुन नेपालको सहभागीता
पञ्चकोट अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा
    Share This!
    FacebookXPinterestLinkedInWhatsApp

Topics

  • Adventure261
  • Auto16
  • Aviation294
  • Blog15
  • Corporate172
  • Culture226
  • Destination322
  • Headlines2,581
  • Hospitality173
  • Interview10
  • News1,298
  • Others30
  • Photo154
  • Profile43
  • Uncategorized425

Featured

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

Headlines • News

मनै लोभ्याउने ‘माइपोखरी’

Corporate • Headlines • News

यूएईबाट पोखरामा फ्लाईदुबईको दैनिक प्रत्यक्ष उडान सुरु हुने

Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

Headlines • News

पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन

Hospitality

Hospitality • Headlines

जेनजी आन्दोलनको आगोबाट उठ्दै बगैंचा रिसोर्ट एण्ड स्पा, एक महिनाभित्र पाहुना स्वागत गर्ने

3:13 pm
Headlines • Hospitality • News

फ्लाईदुबईलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान अनुमति, पोख्रेलीमा उत्साह

8:52 am
Headlines • Hospitality

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

11:10 am
Hospitality

नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने

8:02 am
Hospitality

सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

7:54 am

Aviation

पोखरा विमानस्थलबाट उडान भर्न फ्लाई दुबई इच्छुक, प्राविधिक निरीक्षण सम्पन्न

2:09 pm

अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी, अन्तर्राष्ट्रिय उडान प्रभावित

8:15 am

उड्न लागेको बुद्ध एयरको जहाजमा झ्यालको सिसा नै झर्यो

1:41 pm
pokhara paragliding

प्याराग्लाइडिङ उडानअघि पाइलटको मापसे-लापसे चेक अनिवार्य, सोलो उडान खुला गरिंदै

1:37 pm

सुरक्षा जाँच पछि काठमाडौँ फर्कियो बिराटनगर होल्ड भएको बुद्ध एअरको जहाज

12:04 am

Heritage

panauti municipality
Culture • Destination • Headlines • Photo

पनौतीको रहस्यमय ब्रह्मायणी मन्दिर

12:58 pm
ranipokhari
Culture

छठ मनाउन रानीपोखरी उपलब्ध गराउन महानगरपालिकालाई आग्रह

4:38 pm
udhauli-festival
Culture • Headlines

उधौली पर्व : अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन

7:00 am
Culture • Headlines

तारुकामा २७ हल गोरु जुधाईदैं, १५ हजार आन्तरिक पर्यटक पुग्ने अपेक्षा

7:22 am
Culture • Headlines

पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने

10:21 am

Tourism Pana

Tourismpana.com is a tourism-focused magazine and online media launched for the promotion of domestic and foreign tourism, tourism-related activities and advocacy at the policy level. It aspires to highlight various aspects of Nepal’s tourism industry including the untouched destinations and the renowned heritages.


Contact:
[email protected] , 9802333364
KTM, Metropolitan-10, Baneshwor, KTM, Nepal

Tourism Pana Copyright © 2026. Developed by Madani Media Network Pvt. Ltd.