फ्लाईदुबईका सबै उडान स्थगित


टुरिजम पाना काठमाडौं । २ चैत्र २०८२
फाइल फोटो

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाईदुबईले दुबई आवतजावत गर्ने आफ्ना सम्पूर्ण उडानहरू हालका लागि अस्थायी रूपमा स्थगित गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै विशेष परिस्थितिका कारण उडानहरू रोक्नुपरेको जानकारी दिँदै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ।

यात्रु तथा चालक दलका सदस्यहरूको सुरक्षा नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै फ्लाईदुबईले आजै यात्राका लागि टिकट बुकिङ गरेका ग्राहकहरूलाई कम्पनीको आधिकारिक वेबसाइटमार्फत आफ्नो उडानको अवस्था जाँच गर्न वा रिफन्डका प्रक्रियाहरू अगाडि बढाउन सूचित गरेको छ।

यसका साथै यात्रुहरूले थप जानकारीका लागि फ्लाईदुबईको सम्पर्क केन्द्रमा सिधै फोन गरेर पनि आवश्यक परामर्श लिन सक्नेछन्।

२ चैत्र २०८२