१० रुपैयाँले घट्यो हवाई इन्धनको मूल्य


टुरिजम पाना काठमाडौं । २१ चैत्र २०७९
buddha air flight
फाइल तस्वीर

हवाई इन्धनको मूल्य घटेको छ ।

नेपाल आयल निगमले सोमबार राती एक सुचना जारी गर्दै आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र (बाह्यतर्फ) प्रति किलोलिटर अमेरिकी डलर ७० (अर्थात् करिब १० रुपैयाँ प्रतिलिटर) ले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दासमेत निगमले चौतर्फी विरोध भएसँगै मूल्य समायोजन गरेको हो।

यस्तै निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।

२१ चैत्र २०७९