हवाई भाडा घट्यो, अब कहाँको कति ? (सूचीसहित)


buddha air flight
फाइल तस्वीर

सरकारले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

आइतबार रातीदेखि लागु हुनेगरी आन्तरिक उडानतर्फ प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको हो । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ ।

अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ ।

यस्तै काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ ।

२५ पुष २०७९