जब उड्नै लागेको जहाजको इण्डिकेटरले समस्या देखायो…


टुरिजम पाना संवाददाता काठमाडौं । ९ फाल्गुन २०७९
फाइल तस्वीर

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । यद्यपी जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।

९ फाल्गुन २०७९