एयरपोर्टदेखि लेकसाइडसम्म बस सेवा सञ्चालन


टुरिजम पाना पोखरा । १७ पुष २०७९

पर्यटकलाई लक्षित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्टदेखि लेकसाइड सीधा सार्वजनिक बस सेवा सञ्चालन हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउने भएपछि यात्रु र पर्यटकको सहजताका लागि एयरपोर्ट लेकसाइड सीधा सार्वजनिक बस सेवा सञ्चालन हुने भएको हो । विमानस्थल भित्र २ वटा ३र३ मिनेटको फरकमा सञ्चालन गर्ने गरि मेयर धनराज आचार्यले शनिबार सार्वजनिक बस उद्घाटन गरेका हुन् ।

विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०,१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट बेगनासतालसम्म सञ्चालन गरिने भएको महानगरले जनाएको छ ।

१७ पुष २०७९