पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार (आज) बाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गरेका छन् ।
पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।
हेलिकप्टरमार्फत विमानस्थलमा पुष्पवृष्टि समेत गरिएको थियो ।
उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको थियो । समारोहमा व्यापक जनसहभागिता होस् भन्ने उद्देश्यले पोखरा महानगरपालिकाले आज बिदा दिएको थियो ।