पितृका नाममा आज शतबीज छरियो (हेरौं तस्वीरमा)


टुरिजम पाना संवाददाता काठमाडौं । २५ मंसिर २०८०

बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।

प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । सोमबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिनाथ क्षेत्रमा बालाचतुर्दशीलाइ हेरौ तस्बिरमा :-

२५ मंसिर २०८०