नयाँ वर्षको अवसरमा बन्दीपुरमा तीन दिनसम्म सडक खाना महोत्सव


टुरिजम पाना संवाददाता बन्दीपुर । १३ चैत्र २०८०

पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने भएको छ ।

‘सडक मै खाऔ सडक मै रमाऔ आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौँ’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको बन्दीपुर पर्यटन विकास समिति संयोजक किसन प्रधानले जानकारी दिए ।

उनका अनुसार, महोत्सवमा विभिन्न सांस्कृतिक कलाहरूको प्रदर्शनको साथमा विभिन्न परीकारका खानाहरु सडकमै खान पाइनेछ ।

महोत्सव आगामी चैत ३० गतेदेखि २०८१ वैशाख २ गतेसम्म हुनेछ । बन्दीपुरमा यसअघि पनि विभिन्न अवसरमा सडक खाना महोत्सव हुँदै आएको छ ।

यस पटकको महोत्सवमा ५० हजारदेखि ६० हजारसम्मको संख्यामा पर्यटक सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाइ, उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाइ समिति र रेबान तनहुँ , बन्दीपुर लगायतको सहकार्यमा महोत्सव हुन लागेको हो ।

१३ चैत्र २०८०