तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केवलकार सञ्चालनमा आएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ देखि केबलकार सञ्चालनमा ल्याएको हो ।
केवलकारको निर्माण कम्पनी चन्द्र निर्माण सेवाका संचालक चन्द्र बहादुर कार्कीले उद्घाटन केवलकार गरे ।
केवलकार निर्माण गत बैशाख १ गते विधिवत रुपमा शुभ मुहर्त तथा वास्तु पुजा गरि आंशिक सञ्चालन गरेपनि व्यवसायिक रुपमा भने बिहीबारदेखि सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
अन्तराष्ट्रिय प्रबिधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त गरेसंगै व्यावसायिक रुपमा केवलकार सञ्चालन सुरू गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
कम्पनीले एक हप्ताको लागि ६० प्रतिशत छुटमा तीन सय ८० रुपैयाँमा केबलकारमा आवतजावत गर्न सकिने व्यवस्था गरेको उनले बताए ।
प्रति घण्टा पाँच सय जना यात्रु बोक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।
विसं. २०७५ साउनदेखि केवलकार निर्माण सुरू गरिएको थियो । सोही समूहले बन्दीपुरमा पाँच तारे होटल सञ्चालनको अन्तिम तयारी समेत गरिरहेको छ ।