पोखरा लेकसाइडको स्ट्रिट नम्बर २८ स्थित मणिमार्गमा रहेको बर पिपल रिसोर्टले आन्तरिक पर्यटकका लागि मनसुन अफर ल्याएको छ ।
रिसोर्टका कार्यकारी व्यवस्थापक पदम न्यौपानेले आन्तरिक पर्यटक प्रवद्र्घन गर्ने द्देश्यले यो अफर ल्याएको बताएका छन् । लामो समयदेखि बढ्दै गएको गर्मीमा यो अफरले राहात पुयाउने विश्वास उनले लिएका छन् ।
अफरमा पाहुनाले एक रातको प्याकेजलाई ८ हजार रुपैयाँमा शुल्क तिर्नुर्नेछ । जसमा इन्फिनिटी स्विमिङ पुल, जिमकाे सुविधा लिन सक्छन् ।
एकल तथा जोडिका रुपमा जाने पाहुनाले अफर अन्तर्गत ब्रेकफास्ट र कोठाको पनि सुविधा पाउने छन् । रिसोर्टले आफ्ना पाहुनालाई स्पामा २० प्रतिशत, रेष्टुरेन्टमा १० प्रतिशत छुटको व्यवस्था छ । यो अफर असारदेखि भदाै सम्म चल्नेछ ।
६ वर्ष मुनिका बालबालिको लागि निशुल्क बासको व्यवस्था गरेको छ । रिसोर्टमा आउंदा जादा हवाई मार्गबाट आवगमन गर्ने पाहुनालाई एरपाेर्टमा पिकअप र ड्रप पनि व्यवस्था छ ।
छुट बाहेकको समय रिसोर्टमा आउने पाहुनाले १० हजार रुपैयाँमा ती सुविधा लिदै आएका छन् ।
यस रिसोर्टमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक बाक्लो चहलपहल भइरन्छ । यहाँ पर्यटकिय मौसम चैत, बैशाख, असोज, कार्तिक र मंसिर महिना विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ।
यस समय मौसम सफा रहने हुदाँ ट्रेकिङ गर्न आउने यहाँ आउने गरेका छन् । ४० करोड लगानीमा निर्माण भएको वरपिपर रिसोर्टमा ६० जना कर्मचारीले रोजगार पाएकाछन् ।
रिसोर्टले आफ्ना पाहुना समक्ष नेपाली स्वाद पस्क आफैंले अर्गानिक तरकारी उत्पादन गर्ने गरेको छ । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टको ठूलो बगैँचा हुनु यहाँको विशेषता हाे ।
रिसोर्टमा ३८ कोठा, एक रेष्टुरेन्ट, एक कफी शप समेत रहेको छ । यस रिसोर्टलाई ०७८ चैतमा नेपाल सरकारले डिलक्स रिसोर्टमा सूचीकृत गरेको थियो ।
नेपालको मौलिक शैलीमा बनेको यस रिसोर्टमा स्थानीय सामानको झल्को पाउन सकिन्छ । स्थानीय घरको प्रतिनिधित्व गर्ने यस रिसोर्टबाट फेवा ताल, शान्ति स्तूपा प्यागोडा र रानीवनको उत्कृष्ट दृश्य अवलोकन गर्न पाइन्छ ।
साथमा पोखराको मनोरम ठाउँमा घुमाउनको लागि रिसोर्टमा एडभेन्चर र सिटी गाइडहरु तयार भएर बसेका भेटिन्छन्