एसइई परिक्षा दिएका विद्यार्थीलाई स्काईवाकमा ५० प्रतिशत छुट

अफर विहान ८ बजेदेखि दिउँसो १ वजेसम्म


टुरिजम पाना काठमाडौँ । ३० जेष्ठ २०८१

एसइई परिक्षा दिएका विद्यार्थीले स्काईवाक टावरमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

परिक्षा सकाएर फूर्सदमा रहेका विद्यार्थीका लागि स्काईवाक टावरले यो अफर ल्याएको हो । यो अफर छुट विहान ८ बजेदेखि दिउँसो १ वजेसम्म पाइने छ ।

उक्त छुट प्राप्त गर्नको लागि उनीहरुले विद्यार्थी परिचयपत्र र प्रवेश पत्र अनिवार्य ल्याउनुपर्ने वल्डर्स गु्रप प्रालि ले बताएको छ ।
स्काई टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । अब एस.ई.ई परिक्षा दिएका विद्यार्थाीले भने ५ सय रुपैयाँयामा नै स्काई टावरबाट उपत्यका अवलोकन गर्न सक्नेछन् । विदेशी नागरिकको हकमा भने प्रतिव्यक्त्ति १ हजार ६ सय शुल्क तिर्नुपर्छ ।

यहाँ विहान ८ बजेदेखि बेलुकी १० बजेसम्म जान सकिन्छ । यस टावरमा एकपटकमा ५ सय सय मानिस अट्छन् ।
करिब आधा घन्टासम्म त्यहाँ रहेर हेर्दा रानीपोखरी र घण्टाघर टावरको रोमाचञ्क दृश्य देख्न पाइन्छ । यहाँबाट एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृृश्यावलोकन समेत सुन्दर देखिन्छ ।

स्काइ वाक भएको २५ औं तला भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवश्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ ।
टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।

 

३० जेष्ठ २०८१