टेलिभिजन कार्यक्रम म्यान भर्सेज वाइल्डका प्रस्तोता बियर ग्रिल्स नेपालमा सगरमाथा आरोहीको शव खोज्न आएको खुलासा बेलायती पत्रिका डेलिमेलले गरेको छ ।
डेलीमेलका अनुसार पिप मिडल्टनका देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतकै सबैभन्दा कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु सगरमाथा क्षेत्रमा दुर्घटनामा परेर बेपत्ता भएको बताइएको छ ।
२३ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पुगेका ग्रिल्सको उदाहरण पछ्याउँदै सन् १९९९ मा २२ वर्षको उमेरमा म्याथ्यु सगरमाथा आरोहणमा पुगेका थिए ।
अक्सफोर्ड युनियनसँग कुरा गर्दै उनले सगरमाथामा म्याथ्युको शव खोज्न १० नेपाली र अन्य पश्चिमेली आरोहीहरुको समूह गए पनि फेला पार्न नसकेको बताएको डेलिमेलले उल्लेख गरेको छ ।
केही समयअगाडि नेपाल आएका ग्रिल्स एक सातासम्म यहीँ बसेका थिए । उनले नेपाल बसेको बेला लुक्ला र पोखरा पनि घुमेका थिए ।