प्रतिनिधि सभा सदस्यमा पर्यटन व्यवसायी बिनोद चौधरी निर्वाचित


टुरिजम पाना काठमाडौं । ९ मंसिर २०७९
binod chaudhary

अर्बपति व्यवसायी समेत रहेका पर्यटन व्यवसायी बिनोद चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका चौधरी नवलपरासी क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित भएका हुन् । उनले जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीलाई पराजीत गरे । चौधरी २४ हजार ४ सय १५ मत पाउँदा त्रिपाठीले २३ हजार ३ सय ८ मत पाए ।

निर्वाचित भएपछि चाैधरीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँका मुसहर टाेलका मतदाताहरूलाई सम्मान गरेका छन् । शुक्रबार दिनभर आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूको घरदैलोमा पुगेर सम्मान गर्ने चौधरीले बताएका छन् ।

यसअघि एकपटक नेकपा एमाले र एकपटक नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका चौधरीको  नेपालमा पर्यटनको मुख्य आधार रहेको होटल व्यवसायमा ठूलो लगानी रहेको छ ।

binod chaudhary

उनका होटल भिभान्ता (ललितपुर), चितवन होटल, समिट होटल (ललितपुर), मेघौली सेराई (चितवन), उन्नती कल्चर भिलेज (गैंडाकोट) लगायतका तारे होटलमा चौधरीको लगानी रहेको छ ।

उनका भारत, श्रीलंका, माल्दिभ्स, चीन, अफ्रिका हुँदै अमेरिकासम्म चौधरी समूहका होटेल छन् ।

९ मंसिर २०७९