पोखरामा शुक्रबार (आज)देखि सुरू भएको नेपाल-चाइना फ्रेण्डशीप ड्रागन बोट फेस्टिभलमा अहिले विभिन्न टिमहरूले बोट रेस गर्दैछन् ।
फेस्टिभलमा पहिलो चरणको खेल सम्पन्न भइसकेको छ । पहिलो चरणमा ८ टिम समावेश थिए ।
जसमा पहिलो नम्बरमा चीनको सिचुआन ड्रागन बोट टिम रहेको छ । यस्तै दोस्रो नमेबरमा नारा ड्रागन बोट टिम (नेपाल), तेस्रोमा युनान ड्रागन बोट टिम (चीन) रहेको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजनामा फेस्टिभल सुरू भएको हो ।
जसमा होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्य रहेको छ । फेस्टिभल शनिबारसम्म चल्नेछ ।
प्रतियोगितामा ड्रागनजस्तै देखिने गरी बनाइएको डुंगाको अग्रभागमा बसेर एकजनाले ड्रम बजाउनेछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउनेछन् । पुछारमा बस्ने एकजनाले डुंगाको दिशा मिलाउनेछन् ।
शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा दुई हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।