बुद्ध एयरले तुम्लिङटारमा सुरू गर्‍यो ७२ सिटे जहाजको उडान


टुरिजम पाना संवाददाता काठमाडौं । २ जेष्ठ २०८०

बुद्ध एयरले सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा एटीआर ७२ जहाजको व्यवसायिक उडान शुरू गरेको छ ।

कम्पनीले मंगलबारदेखि तुम्लिङटारमा एटीआर ७२ जहाजको व्यवसायिक उडान गरेको हो । कम्पनीका निर्देशक दीपेन्द्र कर्णले यात्रुको सहजताका लागि एटीआर ७२ जहाज उडान गरिएको जानकारी दिए ।

विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्ने नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ ।

२ जेष्ठ २०८०