सशस्त्र प्रहरीद्वारा चन्द्रागिरीमा आपतकालिन केवलकार उद्धार अभ्यास


सशस्त्र प्रहरीले चन्द्रागिरीमा आपतकालिन केवलकार उद्धार अभ्यास गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपति बाहिनि मुख्यालयले केवलकारमा हुन सक्ने कुनै पनि दुर्घटना बाट उद्धार कसरी गर्ने बारे जानकारी दिदै अभ्यास सचालन गरेको हो।

केवलकार सुरक्षा एवं उद्धार अति नै चुनौतिपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै स.प्र.बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी काठमाण्डौ र चन्द्रागिरी हिल्स प्रा.लि.को संयुक्त आयोजनामा उद्धार अभ्यास आयोजना गरिएको हो।

केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरिक्षक पुरोषत्तम थापाले जानकारी दिए। सशस्त्र बल बाट २६ जना र चन्द्रगिरि हिल्सबाट ८ जना गरि ३४ जनाले अभ्यासमा सहभागी रहेका थिए।

१५ फाल्गुन २०८०