चिनियाँ वायुसेवा कम्पनीहरुले नेपालको हवाइ टिकटमा लगाएको भ्याट व्यवस्था नहटाए उडान प्रभावित हुन सक्ने बताएको छ ।
नेपालमा उडान गरिरहेको चीनियाँ कम्पनीहरुको तर्फबाट चिनियाँ दूतावासले भ्याटको व्यवस्था हटाउ नेपललाई अनुरोध गरेको छ । दूतावासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यलय, गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण समक्ष यो पत्र पठाएको छ ।
दुई साता अघि उक्त पत्र पठाइएको हाे । उल्लेखित विषय बारे आइतबार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक, आन्तरिक राजस्व विभाव र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरुबीच छलफल गरिएको हाे ।
छलफलमा प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चीनले मात्र यो व्यवस्था हटाउन अनुरोध गरेको भन्दै बजेटमा लागू भएका नीतिगत निर्णय सबै देशलाई समान लागू हुने बताए । उनका अनुसार यस्ता नीतिगत सम्झौता हुँदा कुनै पनि विदेशी एयरलाइन्सले अर्को देशमा उडान गर्न सम्बन्धित देशको कानुन र नीतीनियम पालना गर्नुपर्ने उल्लेख गरिएको छ
कार्यक्रममा उनले चिनियाँ वायुसेवा कम्पनीहरुले नेपालमा आयकर समेत तिर्ने नगरेको जानकारी दिए । नेपाल र चीनबीच भएकाे ट्याक्सेसन अभोइडेन्स सम्झौतामा चिनियाँ कम्पनीले नेपालमा दोहोरो कर तिर्न नपर्ने व्यवस्था रहेकाे छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि बजेटमार्फत हवाइ टिकटमा भ्याटको व्यवस्था गरेको थियो ।