नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलगायत सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दामा प्रत्येक प्रतिवादीमाथि १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकमको बिगो दाबी गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा कुल ७ जनालाई प्रतिवादी बनाइएको विशेष अदालतले जनाएको छ।








