नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारीलाई अझै दुई दिन हिरासतमा राखिने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अभियोगपत्र ढिलो दायर भएको कारण आजै बयान र थुनछेक बहस गर्न नसकिएकोले उनीहरूलाई अस्थायी रूपमा हिरासतमा राख्ने निर्णय भएको हो।
लामिछानेले भने, “समय अभावका कारण आज प्रक्रिया अघि बढाउन नसकिएकोले बयान तथा थुनछेक बहस शुक्रबार मात्रै हुनेछ।”








