काठमाडौंको सुन्धारा स्थित नवनिर्मीत धरहरा पुर्ण रूपमा सञ्चालनमा आएको छ । २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पले धरहरा (भीमसेन स्तम्भ) लाई क्षतिग्रस्त बनाएपछि सोको छेवैमा नयाँ धरहरा बनाउन सुरु गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष अघि (वैशाख ०७८) उक्त धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन । यसपटक भने संविधान दिवसका दिन अर्थात बिहीबारदेखि धरहरा पुर्ण रूपमा सञ्चालनमा ल्याउनुका साथै सर्वसाधारणका लागि समेत खुला गरिएको हो ।
नौ वर्षपछि सर्वसाधारणका लागि खुलाइएको उक्त धरहरा केही समयका लागि परिक्षण कालको रूपमा सञ्चालन गर्ने भएकाले नयाँ व्यवस्था कार्यान्वयनमा नआउन्जेलका लागि सर्वसाधारणले निशुल्क प्रवेशको व्यवस्था गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । भने प्रत्येक दिन ६ सय जनाले धरहरा प्रवेश गर्न पाउनेछन् ।