धुलिखेल जिपलाइनमा अब विदेशीलाई पनि नेपाली सरह शुल्क


टुरिजम पाना धुलिखेल । २० कार्तिक २०७९
dhulikhel zipline

अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ ।

यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए ।

नेपाली र अन्य सबै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठले बताए ।

यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो ।

यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकः ६० डलर तोकिएको थियो ।

कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जिपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।

२० कार्तिक २०७९