मतदानका दिन आन्तरिक उडान सीमित, अन्तर्राष्ट्रिय उडान सामान्य


टुरिजम पाना काठमाडौँ । १९ फाल्गुन २०८२
bayu sewa nigam
फाइल तस्वीर

आगामी मिति २०८२ चैत २२ गते बिहीबार (५ मार्च २०२६) हुने निर्वाचनका दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू (मध्य-पूर्व गन्तव्यका उडान बाहेक) सामान्य रूपमा सञ्चालन हुने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रधान कार्यालय, सिनामंगलले मंगलबार सूचना जारी गर्दै निर्वाचनका दिन हवाई सेवा सञ्चालनबारे स्पष्ट पारेको हो। प्राधिकरणका अनुसार मध्य-पूर्व गन्तव्यका उडानहरू भने सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीले संशोधित उडान तालिका अनुसार सञ्चालन गर्नेछन्।

निर्वाचनका सन्दर्भमा हवाई सेवा सञ्चालनबारे उठेका जिज्ञासालाई स्पष्ट पार्दै प्राधिकरणले आन्तरिक उडान आवश्यकता अनुसार तथा अधिकांश अन्तर्राष्ट्रिय उडान सामान्य तालिकाअनुसार सञ्चालन हुने जानकारी दिएको हो।

१९ फाल्गुन २०८२