अपहरण गरेर करोडौं फिरौती मागियो: एक्सल ट्रिपका संस्थापक खड्का


टुरिजम पाना संवाददाता काठमाडौं । १० फाल्गुन २०८०

ब्यवसायी ज्ञानेन्द्र खड्काले आफू अपहरणमा परेर ८ घण्टा सम्म बन्धक रहेको बताएका छन्।

नेपालमा अनलाइन ट्राभल एग्रीगेटर प्ल्याटफर्म एक्सल ट्रिप तथा जाम्नाका संस्थापक खड्काले बुधबार सामाजिक सञ्जालमा विज्ञप्ती सार्वजनिक गर्दै ८ घण्टा बन्धक बनाएर २० करोड फिरौती मागेको बताएका छन्।

उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर करोडौंको फिरौती रकमका लागि कागज गराएको जनाएका छन् ।

अमेरिकामा बस्ने गैरआवासीय नेपाली खड्काले गत पुस २३ गते भएको उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेपछि मात्र विज्ञप्ति सार्वजनिक गरेको बताएका छन्।

उनले उपत्यका अपराध महाशाखामा २०८० साल माघ २८ गतेगते घटनाबारे जानकारी गराउँदै जाहेरी दिएको र र ७ दिन पछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाईल पठाएको बुझ्नमा आएको बताएका छन् ।

आफूलाई लामा र कक्षपतीलगायतले ललितपुर ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएको र त्रासमा पारेर करकापमा फिरौतीस्वरुप करोडौं लेनदेनको कागज गराएको खड्काको दाबी छ ।

बिभिन्न व्यक्ति र संस्थाको समेत संलग्नतामा झन्डै १ वर्षदेखि निगरानी राख्दै नेपाल आएको नआएको
बुझ्ने, पिछा गर्नेर अपहरण गर्ने योजना बनाएको स्वयम २ जना अपहरणकारीले आफूलाई बताएको समेत उनले विज्ञप्तिमा जनाएका छन् ।

उनले भनेका छन्,’मलाई बिश्वास छ प्रहरी प्रशासनलेयस्तो जघन्य अपराध माथि पूर्ण रुपमा अनुसन्धान गरी अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउन दृढ सन्कल्पका साथ अगाडि बढ्नेछ ।’

उनले जाहेरी दिएको १० दिनभन्दा बढी भइसक्दा पनि ठोस रुपमा अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु दु:खद् भएको बताए ।

उनले भनेका छन्,’यसबारे अलि ढिलासुस्ती भइरहेको पनि हुने सक्ने सम्भावना रहेकोले सरोकारवाला सबैमा सहयोगको निमित्त अपिल पनि गर्न चाहान्छु ।’

१० फाल्गुन २०८०