पर्यटन पत्रकार मरासिनीलाई गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार


टुरिजम पाना काठमाडाैँ । १८ असार २०८१

पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले । ५० हजार रुपैयाँ नगदसहित उनलाई प्रथम पुरस्कार प्रदान गरेको हो ।

विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्ट्रिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रुपमा आफ्नो कलम चलाउँदै आएका छन् ।

उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रवर्द्धनका लागि पत्रकारिताको माध्यमबाट कलम चलाउँदै आएका छन् ।

अनलाइन पत्रकार संघका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् ।

यसअघि उनी सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

आइतबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त मन्त्रालयका मन्त्री विन्दु कुमार थापा र सचिव प्रकाश पौडेलले मरासिनी लगायत अन्य पत्रकारलाई पुरस्कार वितरण गरेका हुन् ।

पर्यटन प्रबद्र्वन विद्यामै पर्वतका लक्ष्मण कुमार सुनारले द्वितीय पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिभा पुरस्कारका लागि मन्त्रालयले गत फागुन २४ गते आव्हान गरेको थियो । आवेदनमा आएका आवेदकहरुको मूल्याङकनको आधारमा ८ विद्यामा उत्कृष्ट १३ जनालाई युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो ।

१८ असार २०८१